पाकिस्तानका नेपालीलाई परराष्ट्रको आग्रह–समस्या परे इस्लामावादस्थित नेपाली दूतावासमा सम्पर्क गर्नु

User Image मेयरसाप सम्पादकीय | २०८२ वैशाख २६ गते २१:५१
Image of storage/news/1746791359.PNG

काठमाडौ । परराष्ट्र मन्त्रालयले पाकिस्तानमा रहेका नेपाली विद्यार्थीलाई समस्या परेको अवस्थामा इस्लामावादस्थित नेपाली दूतावासमा सम्पर्क राख्न आग्रह गरेको छ । परराष्ट्र मन्त्रालयले  शुक्रबार एक विज्ञप्ति जारी गर्दै भारत–पाकिस्तान तनाब लम्बिँदै गएकाले समस्यामा रहेका विद्यार्थीहरूलाई दूतावासमा सम्पर्क राख्न आग्रह गरेको हो ।

 

सूचनामा मन्त्रालयले वृन्दा सुवेदी खड्का र आर्सलान मेहमुद इस्लामावादस्थित दूतावासको सम्पर्क व्यक्ति रहेको जानकारीसहित सम्पर्क नम्बर समेत उल्लेख गरेको छ । मन्त्रालयले पाकिस्तानस्थित नेपाली राजदूतावासले त्यहाँ रहेका सम्पूर्ण विद्यार्थी एवं नेपालीहरूसँग निरन्तर सम्पर्कमा रहेर काम गरिरहेको समेत जानकारी दिएको छ ।

 

विज्ञप्तिमा भनिएको छ, ‘हालै विकसित घटनाक्रमका सन्दर्भमा पाकिस्तानमा अध्ययनरत् नेपाली विद्यार्थी एवं अन्य नेपालीहरुको सुरक्षा तथा हित सुनिश्चित गर्ने तर्फ नेपाल सरकार पूर्णरुपमा सचेत छ। यसको निमित्त पाकिस्तानस्थित नेपाली राजदूतावासले त्यहाँ रहेका सम्पूर्ण विद्यार्थी एवं नेपालीहरूसँग निरन्तर सम्पर्कमा रही काम गरिरहेको छ। यस सम्बन्धमा तत्कालै थप कुनै सहयोग आवश्यक परेमा नेपाली विद्यार्थी तथा उहाँहरूका अभिभावक, आफन्त एवं त्यहाँ रहेका नेपालीले इस्लामावादस्थित नेपाली राजदूतावासको देहायको नम्बरमा जुनसुकै समयमा सम्पर्क गर्न सक्नुहुनेछ ।’


पहलगाम क्षेत्रमा आतंकवादीहरूले आक्रमण गरेपछि जवाफस्वरुप भारतले पाकिस्तानमा आक्रमण गर्दा अवस्था तनावग्रस्त भएको छ । 


Facebook Comments