वर्षा र विपद्बाट क्षति भएको विवरण दिन आठराई त्रिवेणीको आग्रह

User Image डिना डंगोल | २०८२ वैशाख ३१ गते ०२:३४
Image of storage/news/1747226257.jpg

काठमाडौं । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले वर्षा तथा विपद्जन्य घटनाबाट गाउँपालिका क्षेत्रभित्रका विकास निर्माण योजनाहरुमा क्षति भएको विवरण सम्बन्धित निकायलाई जानकारी गराउन आग्रह गरेको छ ।

 

गाउँपालिकाले आज एक सूचना जारी गर्दै सडक, कुलो, खानेपानी, सिँचाई, भवन, पाटी, पौवा, लगायतमा क्षति पुर्याएको विवरण सम्बन्धित वडा कार्यलय वा नजिकैको प्रहरी चौकी वा गाउँपालिकाको कार्यालयमा जानकारी दिन अनुरोध गरेको छ । 


 


Facebook Comments