इन्स्पेक्टरद्वारा जवानमाथि कुटपिट प्रकरण : एसपीको नेतृत्वमा छानबिन समिति गठन

User Image मेयरसाप सम्पादकीय | २०८२ जेठ १ गते ०१:०२
Image of storage/news/1747317895.jpg

काठमाडौं । नागढुंगामा ट्राफिक प्रहरी (इन्स्पेक्टर)ले डिउटीमै रहेका प्रहरी जवानमाथि कुटपिट गरेको घटना अनुसन्धान गर्न छानबिन समिति गठन भएको छ ।उपत्यका प्रहरी कार्यालय रानीपोखरीले प्रहरी उपरीक्षक (एसपी) पदमबहादुर विष्टको नेतृत्वमा छानबिन समिति गठन गरेको हो ।

 

समितिमा ट्राफिक प्रहरी कार्यालय रामशाहपथका डीएसपी र जिल्ला प्रहरी परिसर काठमाडौंका एकजना निरीक्षकसहित पाँचजना छन् । समितिलाई छानबिनका लागि एक हप्ताको समयावधि दिइएको छ।

 

बुधबार दिउँसो ट्राफिक प्रहरी प्रभाग नागढुंगाका प्रमुख प्रहरी निरीक्षक जितेन्द्रकुमार साहले प्रहरी प्रभाग नागढुंगामै कार्यरत प्रहरी जवान मदन खड्कामाथि कुटपिट (गालामा चड्कन हानेका) थिए । उक्त भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरी निरीक्षक साहको जिम्मेवारी खोसिएको छ। 


Facebook Comments