सभापति देउवा र जनार्दन शर्माबिचमा भेटवार्ता
मेयरसाप डेस्क
|
२०८२ जेठ २ गते १०:१८
काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा र नेकपा माओवादी केन्द्रका उप महासचिव जनार्दन शर्माबीच भेटवार्ता भएको छ ।
शर्माका अनुसार देशको समसामयिक राजनीतिक परिस्थिति बारेमा उक्त भेटघाटमा छलफल भएको थियो ।
सो भेट देउवाको बुढानीलकण्ठस्थित निवासमा भएको भए पनि थप विवरण अरू खुलाइएको छैन ।
Facebook Comments