भू–सम्बन्धी विधेयक स्वार्थमा ल्याइएको हो : उपेन्द्र यादव

User Image मेयरसाप डेस्क | २०८२ जेठ २ गते १३:११
Image of storage/news/1747395580.jpg

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले सरकारले ल्याउन लागेको भू–सम्बन्धी विधेयकप्रति कडा आपत्ति जनाएका छन् ।

 

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले ल्याएको अध्यादेश आफूहरूले जनविरोधी भन्दै विरोध गरेका कारण फिर्ता गरिएको स्मरण गराउँदै उनले अहिले पुनः सोही खालको विधेयक संसद्मा ल्याइनु भू–माफियाको स्वार्थमा भएको बताएका हुन् ।

 

“भूमि सम्बन्धी अध्यादेश देश र जनताको हितमा थिएन, त्यसैले हामीले विरोध गरेका थियौँ,“ यादवले भने, “अहिले फेरि ती प्रावधान जस्ताको त्यस्तै राखेर विधेयक ल्याइनु वन र भूमि सक्ने षड्यन्त्र हो।”

 

उनले पार्टीको तर्फबाट सडक र सदन दुवै मोर्चाबाट सशक्त विरोध गर्ने चेतावनीसमेत दिएका छन् ।


Facebook Comments