रवीन्द्र मिश्रलाई हाजिरी जमानीमा छाड्न सर्वोच्चकाे आदेश


काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उपाध्यक्ष रवीन्द्र मिश्रलाई हाजिरी जमानीमा छाड्न आदेश दिएको छ। शुक्रबार न्यायाधीशहरू कुमार चुडाल र तिलप्रसाद श्रेष्ठको इजलासले मिश्रको रिटको सुनुवाइ गर्दै रिहा गर्न आदेश दिएको हो ।
उनलाई कानुन व्यवसायीको जिम्मामा छाड्न आदेश भएको छ। मिश्रकी श्रीमती सारिका कार्कीले उनलाई प्रहरीले गैरकानुनी रूपमा बन्दी बनाएको भन्दै वैशाख ३० गते सर्वोच्चमा रिट दायर गरेकी थिइन्। उक्त रिटमाथि बुधबार न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासले कारण देखाऊ आदेश जारी गर्दै अनुसन्धानको मिसिलसहित २४ घण्टाभित्र मिश्रलाई इजलासमा उपस्थित गराउन आदेश गरेको थियो ।
गत चैत १५ गते तीनकुने घटनामा संलग्न भएको आरोपमा प्रहरीले मिश्रलाई पक्राउ गरेको थियो ।उनीमाथि प्रहरीले राज्यविरूद्धको कसुर, संगठित अपराध र आपराधिक उपद्रव कसुरमा अनुसन्धान गरिरहेको छ।
Facebook Comments