७३ इन्टरनेट सेवा प्रदायकलाई दूरसञ्चार प्राधिकरणको अन्तिम चेतावनी
मेयरसाप डेस्क
|
२०८२ जेठ ८ गते २१:०२
काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले ७३ इन्टरनेट सेवा प्रदायक कम्पनीलाई रोयल्टी र ग्रामीण दूरसञ्चार विकास कोष अन्तर्गतको बक्यौता नतिरे कानुनी कारबाही गर्ने चेतावनी दिएको छ।
प्राधिकरणले सूचना जारी गर्दै १५ दिनभित्र आवश्यक कागजातसहित बाँकी रकम बुझाउन आग्रह गरेको छ। अन्यथा, दूरसञ्चार ऐन २०५३ अनुसार कारबाही अघि बढाइने जनाएको छ।
सूचनामा क्लासिक टेक, डिस मिडिया नेटवर्क, ब्रोडब्यान्ड नेपाल, ब्रोडलिंक नेटवर्क, वेबसर्फर नेपाललगायतका कम्पनीहरूले लामो समयदेखि रोयल्टी, लेखा परीक्षण विवरण र ग्रामीण कोषको रकम बुझाएको छैन।
पटक–पटक सूचना दिए पनि कम्पनीहरूले अटेर गरेको भन्दै प्राधिकरणले यो अन्तिम सूचना भएको जनाएको छ।
Facebook Comments