अभिनव साहित्य समाजद्वारा पाँच लाखको महिला समाज सेवा पुरस्कार कोष स्थापना

User Image Mayorsap | २०८१ फागुन २९ गते ०५:२३
Image of storage/news/1741860005.jpg

काठमाडौँ । अभिनव साहित्य समाजले पाँच लाखको स्थायी कोष खडा गरी अभिनव कमला महिला समाज सेवा पुरस्कार स्थापना गरेको छ । समाजका उपाध्यक्ष विमल अर्यालका सहयोगमा कमला अर्यालको नाममा पाँच लाखको स्थायी कोष स्थापना गरिएको हो ।


हालै बसेको बैठकले अभिनव कमला महिला समाज सेवा पुरस्कार स्थापना गरिएको समाजका अध्यक्ष गोविन्दप्रसाद घिमिरे ‘वेदमणि’ ले जानकारी दिए ।


प्रत्येक वर्ष भदौ महिनाको अन्तिम शनिबारका दिन समाजसेवा, साहित्य, कला, खेलकुद, उद्योग, व्यापार आदि विविध क्षेत्रमा काम गरी विशिष्टता हासिल गर्ने महिलामध्येबाट एकजनालाई २५ हजारमा नघट्ने गरी नगदसहित सम्मान गर्ने गरी उक्त कोष स्थापना भएको पनि उनले जानकारी दिए ।


समाजले प्रत्येक महिनाको अन्तिम शनिबार जोरपाटीमा साहित्यिक कार्यक्रमको आयोजना गर्दै आएको छ । समाजले हालसम्म २२ लाख अक्षय कोषमा राखी नौ वटा पुरस्कार स्थापना गरिसकेको छ ।

 


Facebook Comments