Loading...
Ad Image

बालुवाटार प्रवेश गर्न खोजेपछि कमल थापासहित ५ जना पक्राउ

User Image Mayorsap | एक दिन अगाडि
Image of https://mayorsap.com/storage/photos/10/kamal thapa.jpg

काठमाडौं । निषेधित क्षेत्र उल्लंघन गर्दै बालुवाटार प्रवेश गर्न खोजेपछि राप्रपा नेपालका अध्यक्ष कमल थापासहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।

नारायणचौरबाट सुरु भएको राजसंस्था पुनःस्थापनाको मागसहितको प्रदर्शन बालुवाटार पुग्दा प्रहरीले राखेको ब्यारिकेड तोड्न खोजेपछि उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार पक्राउ परेकाहरूलाई भद्रकालीस्थित प्रहरी परिसरमा लगिएको छ । १५ जेठदेखि सुरु भएको आन्दोलनको क्रममा राजावादी समूह आज पनि बालुवाटारतर्फ अघि बढेको थियो ।

प्रधानमन्त्री र सभामुखको निवास रहेको क्षेत्रलाई सरकारले पहिले नै निषेधित क्षेत्र घोषणा गरिसकेको छ । प्रहरीले राजावादी समूहले उक्त सीमा अतिक्रमण गर्न खोजेको दाबी गरेको छ ।