Loading...
Ad Image

राजावादीले पैसाको बलमा भाडाका मान्छे उफार्दै छन् : प्रचण्ड

User Image Mayorsap | एक दिन अगाडि
Image of https://mayorsap.com/storage/photos/10/Prachanda PM.jpg

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ले राजावादी आन्दोलनप्रति कडा टिप्पणी गर्दै पैसाको भरमा भाडाका मानिस झिकेर उफार्ने कार्य भइरहेको बताएका छन् ।

वाईसीएल नेपालको तेस्रो राष्ट्रिय सम्मेलनमा बोल्दै उनले राजावादीहरूले विदेशी वा अन्य स्रोतबाट रकम ल्याएर आन्दोलनलाई छाडा बनाउने, जाँड खुवाउने र कार्यकर्तालाई उक्साउने गरेको आरोप लगाए ।

“उनीहरूले पैसाको बलमा आन्दोलन गरिरहेका छन्, भाडाका मान्छे ल्याएर हामीमाथि आक्रमण गर्ने प्रयास भइरहेको छ,” प्रचण्डले भने, “तर हामी चुप बस्नेवाला छैनौं। इँटको जवाफ पत्थरले दिन तयार रहनुपर्छ।”

उनले माओवादी कार्यकर्तालाई संयमित तर सतर्क भएर प्रतिवादको तयारी गर्न आग्रह गरे । राजावादी आन्दोलनले हिंसात्मक मोड लिँदै गएकाले सावधानी आवश्यक रहेको उनले बताए ।