सांसद सिंह पक्राउ परेपछि राप्रपाले बोलायो आकस्मिक बैठक


काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले केन्द्रीय कार्यसम्पादन समितिको आकस्मिक बैठक बोलाएको छ ।
राजसंस्था पुनस्र्थापना र हिन्दू राज्यसहितको माग राखेर भइरहेको आन्दोलनको क्रममा आफ्ना सांसद पक्राउ परेपछि राप्रपाले आकस्मिक बैठक बोलाएको हो ।
आज दिउँसो आन्दोलनका क्रममा राप्रपा नेपालका अध्यक्ष कमल थापा पक्राउ परेका थिए । थापालाई भेट्न जिल्ला प्रहरी परिसर पुगेका सांसद दिपक सिंहलाई पनि प्रहरीले पक्राउ गरेको थियो ।