कमल थापा र दीपक सिंहसहित ७ जना छुटे, एकजना हिरासतमै


काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापा, राप्रपा नेता एवम् सांसद दीपक सिंहसहित पक्राउ परेका ७ जना रिहा भएका छन् । जिल्ला प्रहरी परिसर, काठमाडौंका अनुसार नियन्त्रणमा लिइएका ८ मध्ये ७ जनालाई जिम्मा जमानीमा छाडिएको हो ।
कमल थापा, दीपक सिंह, शिला राना, राकेश बस्नेत, रामचन्द्र लामिछाने, विनोद कपाली, सरोज तिमिल्सिनालाई प्रहरीले जिम्मा जमानीमा छाडेको परिसरका प्रवक्ता एसपी अपिलराज बोहोराले जानकारी दिए ।
पक्राउ परेकामध्ये एक जना भने हिरासतमै छन् । डा. राजीव झाले भने मापसे गरेर भिडमा अपशब्द बोलेकाले हिरासतमै राखिएको प्रहरीले जनाएको छ । पक्राउपछि स्वास्थ्य परीक्षण गर्दा उनले रक्सी खाएको पुष्टि भएको थियो।