Loading...
Ad Image

राइड सेयरिङ विवाद : देशभर सार्वजनिक यातायात बन्द, सर्वसाधारण मर्कामा

User Image मेयरसाप डेस्क | एक दिन अगाडि
Image of https://mayorsap.com/storage/photos/10/YATAYAT.jpg

काठमाडौं । सार्वजनिक यातयात बचाउ केन्द्रीय संघर्ष समितिले आज देशभर सार्वजनिक यातायात ठप्प बनाएका छन् । राइड सेयरिङ विवादपछि यातायात व्यवसायीले आज सोमबारदेखि देशभर अनिश्चितकालीन यातायात बन्दको घोषणा गरेका हुन्। यातायात व्यवसायीहरुले देशभरका सार्वजनिक यातायात ग्यारेजमा थन्काएर आन्दोलनमा उत्रेका छन् ।  केही दिनयता गण्डकी प्रदेशमा मात्र सार्वजनिक यातायात ठप्प बनाएका व्यवसायीले आन्दोलनलाई देशव्यापी बनाएका हुन्।

सार्वजनिक यातायातका साधन बन्द हुँदा यात्रीहरु मर्कामा परेका छन् । काठमाडौं उपत्यकामा पनि लामो तथा छोटो दुरीका सवारी साधन चलेका छैनन् । काठमाडौं उपत्यकाका सडकहरुमा निजी मोटरसाइकल, कार र केही ट्याक्सीहरु फाट्टफुट्ट चलेको देखिएको छ । तर सार्वजनिक बस, माइक्रो बस र टेम्पोहरु चलेका छैनन् । सधैं व्यस्त हुने काठमाडौंका सडकहरु आज बिहानैदेखि सुनसान देखिन्छन् ।

बस स्टपहरुमा यात्रीहरु गाडीको प्रतीक्षा गरिरहेको देखिन्छ । कोही पठाओमा चढेर र कोही पैदलै हिँडेर गन्तव्यमा गइरहेका छन् । गण्डकी प्रदेश सरकारले राइड सेयरिङ तथा सेल्फ ड्राइभ सञ्चालन अनुमति दिने गरी नियमावली ल्याएपछि यातायात व्यवसायी आन्दोलित हुँदै आएका छन् । उनीहरुले गण्डकी प्रदेश सरकारको ‘राइड सेयरिङ’ नियमावली खारेजीको माग गरेका छन्।