Loading...
Ad Image

एमाले संसदीय दलको बैठक बस्दै

User Image मेयरसाप डेस्क | एक दिन अगाडि
Image of https://mayorsap.com/storage/photos/10/oli.jpg

काठमाडौं । नेकपा एमालेको संसदीय दलको बैठक बस्दैछ । हालै सरकारले प्रस्तुत गरेको बजेटका बारेमा छलफल गर्न प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त संसदीय दलको बैठक बोलाएको हो । बैठक दिउँसो १ बजे संघीय संसद भवन, नयाँ बानेश्वरको ल्होत्से हलमा बस्नेछ ।

उपप्रधान तथा अर्थ मन्त्री विष्णुप्रसाद पौडेलले गत जेठ १५ गते संसदमा बजेट प्रस्तुत गरेपछि एमालेले पहिलो पटक संसदीय दलको बैठक बोलाएको हो । संसदीय दलका प्रमुख सेचक महेश बर्तौलाका अनुसार सांसदहरुलाई बजेटका विषयमा प्रधानमन्त्री केपी शर्मा ओली र अर्थमन्त्री पौडेलले स्पष्ट पार्ने कार्यसूची रहेको छ ।

बजेट विनयोजनका विषयमा कतिपय सांसदहरुमा भएका अस्पष्टता आजको बैठकले चिर्ने बर्तौलाले जानकारी दिए । उनका अनुसार संसद र जनतामा बजेटप्रति एमालेको एउटै धारणा बनाउने उद्देश्यले आजको बैठक डाकिएको हो ।