Ad Image

कान्तिलोकपथ चार दिन पूर्ण रुपमा बन्द हुने

User Image मेयरसाप डेस्क | एक दिन अगाडि
Image of https://mayorsap.com/storage/photos/10/kantilokpath.jpg

काठमाडौं । काठमाडौंलाई हेटौंडासँग जोड्ने कान्तिलोकपथ चार दिन पूर्ण रुपमा बन्द हुने भएको छ ।  बागमती खोलामा निर्माणाधीन बेलिब्रिजको जडान कार्यका लागि सडक बन्द गर्न लागिएको हो । 

जिल्ला प्रशासन कार्यालय मकवानपुरले सूचना जारी गर्दै जेठ २१ गतेदेखि २४ गतेसम्म सडक पूर्ण रुपमा बन्द हुने जानकारी गराएको छ । यस अवधिमा हेटौंडाबाट काठमाडौं जाने र काठमाडौंबाट हेटौंडा जाने सवारी साधनलाई वैकल्पिक मार्गहरु प्रयोग गर्न सुझाव दिइएको छ । 

कान्तिलोकपथको वैकल्पिक मार्गका रुपमा कुलेखान–कलंकी–हुमाने वा कुलेखानी–सिस्नेरीफर्पिङ सडक प्रयोग गर्न सकिनेछ ।