यातायात व्यवसायीले भने– सहमति कार्यान्वयन नभए भोलिबाट आन्दोलन कडा हुन्छ


काठमाडौं । सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समितिले सरकारसँग भएको सहमति कार्यान्वयन नभए भोलिदेखि आन्दोलन अझै सशक्त रुपमा अघि बढाउने चेतावनी दिएको छ समितिका अध्यक्ष विजय बहादुर स्वारले एक विज्ञप्ति जारी गर्दै संघीय सरकारसँग भएको सहमति गण्डकी प्रदेश सरकारले कार्यान्वयन नगरे भोलिदेखि आन्दोलन अझै सशक्त रुपमा अघि बढ्ने बताएका छन् । उनले सरकारसँग वार्ता जारी रहेकाले आन्दोलनलाई सशक्त रुपमा अघि बढाउन देशभरका यातायात व्यवसायी, स्वरोजगार, मजदुर, कर्मचारीहरूमा आग्रह गरेका छन् । आन्दोलनका कार्यक्रम र सरकारसँग भएका सम्झौताहरू पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिने पनि विज्ञप्तिमा बताइएको छ ।