बन्दमा गाडी चलाएको भन्दै आन्दोलित व्यवसायीले गरे सुमोमा तोडफोड


काठमाडौं । आन्दोलित यातायात व्यवसायीले काठमाडौंको जडिबुटीस्थित अरनिको बसपार्कमा मयुर यातायातको बस तोडफोडको प्रयास गरेका छन् । बन्दको समयमा गाडी चलाएको भन्दै आक्रोशित यातायात व्यवसायीहरुले मयुरको गाडी रोकेर तोडफोडको प्रयास गरेका हुन् ।
बस सञ्चालन गरेको विषयलाई लिएर केहीबेर सिर्जनासमेत भएको थियो। अहिले जडिबुटी क्षेत्रमा प्रहरी पुगेको र अवस्था सामान्य रहेको काठमाडौँ प्रहरी परिसरका प्रवक्ता एसपी अपिलराज बोहोराले जानकारी दिए।
उनका अनुसार, प्रदर्शनका क्रममा एउटा सुमोमा तोडफोड पनि भएको छ । साँझ ५ बजे ओखलढुंगाबाट आएको ना १ ज ६९७३ नम्बरको सुमो गाडीको सिसासमेत फुटाएको एसपी बोहराले बताए । राइड सेयरिङको विरोध गर्दै गण्डकीबाट सुरु गरिएको यातायात हडताल हिजोदेखि देशैभर जारी छ ।