Ad Image

आरसीबी पहिलो पटक बन्यो आईपीएल बिजेता

User Image मेयरसाप डेस्क | एक दिन अगाडि
Image of https://mayorsap.com/storage/photos/10/ipl-banglore.jpeg

काठमाडौं ।  रोयल च्यालेन्जर्स बेंगलोर ९आरसीबी० ले इन्डियन प्रिमियर लिग ९आईपीएल० मा पहिलो उपाधि जितेको छ। गएराति भएको फाइनलमा पञ्जाब किङ्सलाई जम्मा ६ रनले हराउँदै बेंगलोर आईपीएलको उपाधि जितेको हो ।

बेंगलोरले दिएको १९१ रनको लक्ष्य पछ्याएको पञ्जाबले २० ओभरमा ७ विकेट गुमाएर १८४ रन मात्र बनाउन सफल भयो । अन्तिम ओभरमा २९ रन आवश्यक भए पनि शो पुरा  गर्न नसक्दा पञ्जाव जीतवाट बाहिरिएको हो ।

 फाइनल खेलमा पञ्जावका शशांक ३० बलमा ६१ रन बनाएर अविजित रहेका थिए भने जोश इङ्लिसले ३९ रन बनाउन सफल भए । बेंगलोरका भुवनेश्वर कुमार र क्रुणाल पान्ड्याले २–२ विकेट लिँदा जोश हेजलवूड, यश दयाल र रोमारियो शेपहर्डले १–१ विकेट लिएका थिए । 

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बेंगलोरले २० ओभरमा ९ विकेट गुमाएर १९० रन बनाउन सफल भएको थियो । विराट कोहलीले सर्वाधिक ४३ रन बनाएका थिए भने कप्तान रजत पाटिदारले २६ रन बनाउन सफल भए  ।

तर, लियाम लिभिङस्टोनले २५ तथा मयंक अग्रवाल र जितेश शर्माले समान २४ रन बनाउँदै बेंगलोरले बलियो उपस्थिति देखायो । उता, पञ्जाबका लागि अर्शदीप सिंह र काइल जेमिसनले ३–३ विकेट लिएका थिए भने अजमतुल्लाह ओमरजाइ, विजयकुमार वाइशाक र युजभेन्द्र चहलले १–१ विकेट लिन सफल भए ।

बेंगलोरले यसअघि तीनपटक आईपीएलको फाइनल खेलेपनि उपाधि भने जित्न सकेको थिएन । सन् २००९, २०११ र २०१६ मा फाइनलमा पुगे पनि बेंगलोर उपाधिबाट भने वञ्चित हुँदै आएको थियो ।