Ad Image

लामखुट्टे भगाउन अपनाउनुहोस् यी घरेलु उपाय

User Image मेयरसाप डेस्क | ३ दिन अगाडि
Image of https://mayorsap.com/storage/photos/10/mosquito.jpg

काठमाडौं । गर्मीको समयमा लामखुट्टे बढी आउने गर्दछ । लामखुट्टेले गर्मीमा धेरै सताउने गर्दछ भने यसको टोकाइबाट डेंगु लगायतका रोगहरू पनि लाग्ने गर्छ । जसका कारण मानिसले ज्यान पनि गुमाउनु परेको छ 

अब चिन्ता लिनु पर्दैन । लामखुट्टेलाई आफ्नो घरबाट भगाउन सक्ने केही घरेलु उपायहरु छन्  । केही यस्ता उपाय छन्, जसको प्रयोग गरेपछि लामखुट्टेले तपाईको घरमा आउनु अघि १० पटक सोच्नु पर्नेछ । यो घरेलु उपाय तपाईका लागि धेरै लाभदायीक र प्रभावकारी साबित हुनेछ। हामी  यसको बारेमा विस्तृत जानकारी दिनेछौं ।

पुदिनाको पात
राम्रो नतिजाको लागि घरको कुनामा पुदिनाको पात राख्नुहोस्, यसको सुगन्धले लामखुट्टेलाई तपाईंको घरमा प्रवेश गर्नबाट रोक्छ। यसबाहेक तपाईं आफ्नो घरमा पुदीना तेल छर्कन पनि सक्नु हुन्छ।

लसुन
यदि तपाई पनि लामखुट्टेको टोकाइबाट हैरान हुनुहुन्छ भने नआत्तिनुहोस् । यसका लागि लसुनको रसलाई पानीमा मिसाएर घरमा स्प्रेको रूपमा छर्कन सक्नु हुन्छ । यी घरेलु उपायहरू तपाईका लागि धेरै लाभदायीक छन्।

तुलसीको पात
यो एक धेरै राम्रो प्राकृतिक उपचार हो, जसको कारण लामखुट्टे तपाईको कोठाबाट भाग्छन्। यसका लागि आफ्नो घर वा कोठामा तुलसीको पात राख्नु होस् र त्यसपछि यसको प्रभाव हेर्नुहोस्।

नीम
नीमको पात जलाएर वा पानी छर्कने गर्दा लामखुट्टे छिट्टै घरबाट भाग्छन् । यस्तो घरेलु उपाय गरेर मच्छड वा लामखुट्टे भगाउन सक्नु हुन्छ ।