Ad Image

सभामुख घिमिरेले बोलाए दलका प्रमुख सचेतकहरूको बैठक

User Image मेयरसाप डेस्क | एक दिन अगाडि
Image of https://mayorsap.com/storage/photos/10/devraj.PNG

काठमाडौं । सभामुख देवराज घिमिरेले राजनीतिक दलका प्रमुख सचेतकहरूको बैठक बोलाएका छन् । प्रतिनिधि सभा बैठक अघि सभामुख घिमिरेले साढे १२ बजेका लागि बैठक बोलाएका हुन् ।

सभामुखले दलका सचेतकहरूसँग प्रतिनिधि सभा बैठक सञ्चालनका विषयमा छलफल गर्न लागेका हुन् ।

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखको राजीनामा माग गर्दै यसअघि विपक्षी दलहरुले सदन अवरोध गर्दै आएका थिए । विपक्षी दलहरुको मंगलवारको बैठकपछि भने उनीहरुले गृहमन्त्रीमाथि छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्न सरकार तयार भए सदन चल्न दिने शर्त राखेका छन् ।