प्रतिनिधि सभा बैठक बिहीवार बस्नेगरी स्थगित


काठमाडौं । प्रतिनिधि सभा बैठक बिहीवार १ बजे बस्नेगरी स्थगित भएको छ । बुधवार १ बजे बस्ने भनिएको बैठक सुचना टाँसेर ३ बजेसम्मका लागि स्थगित भएको थियो । ३ बजे पनि बैठक बस्न नसकेपछि बिहीवारसम्मका लागि बैठक स्थगित भएको हो ।
संसदमा भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको संलग्नता रहेको भन्दै विपक्षी दलहरुले गृहमन्त्रीको राजीनामा माग गर्दै आएका छन् । गृहमन्त्रीले राजीनामा नदिएसम्म संसद चल्न नदिने अडान राख्दै आएका विपक्षी दलहरुले अहिले गृहमन्त्रीमाथि छानबिन गर्ने भए संसद चल्न दिने शर्तमा अडान राखिरहेका छन् ।
सत्त पक्ष भने गृहमन्त्रीले राजीनामा पनि नदिने र छानबिन पनि नहुने अडानमा छ । सत्ता पक्ष र विपक्षीले आफ्ना अडान नछोड्दा बुधवार प्रतिनिधि सभा बैठक बस्न नसकेको हो ।