ललितपुरमा विद्युतको पोलले लागेर एक जनाको मृ*त्यु

User Image मेयरसाप डेस्क | २०८२ जेठ २१ गते २२:२४
Image of https://mayorsap.com/storage/photos/10/Death-body.jpeg

ललितपुर । ललितपुरको ठैवमा विद्युतको पोल सार्ने क्रममा पोलले लागेर एक जनाको मृत्यु भएको छ । 

आज गोदावरी नगरपालिका–१४ स्थित सरस्वतीटार टोलमा बाटो निर्माणको सिलसिलामा एस्काभेटरले पोल अड्याउन नसक्दा उक्त पोलले थिचिएर स्थानीय ५५ वर्षीय रमेश शाहीको मृत्यु भएको प्रहरी वृत्त बाँडेगाउँका प्रहरी निरीक्षक विक्रम केसीले जानकारी दिए। 

उक्त घटनापछि आक्रोशित स्थानीयले एस्काभेटरको दायाँपट्टीको सिसा फुटाइदिएका छन् । “घटनास्थलमा ८०–९० जना स्थानीय जम्मा भएका थिए, प्रहरी टोलीले घटनालाई शान्त बनाउने प्रयास गरेको छ । मृतकको शवलाई परीक्षणका लागि पाटन हस्पिटल पठाएका छौँ”, केसीले जानकारी दिए ।


Facebook Comments