Ad Image

संसद्को अवरोध खोल्न माओवादीले सत्तापक्ष र विपक्षीसँग संवाद गर्ने

User Image मेयरसाप डेस्क | एक दिन अगाडि
Image of https://mayorsap.com/storage/photos/10/maobadi.PNG

काठमाडौं । संसद्को अवरोध खोल्न नेकपा माओवादी केन्द्रले सत्ता पक्ष र विपक्षीसँग संवाद गर्ने भएको छ । माओवादी केन्द्रको बिहीवार बसेको केन्द्रीय पदाधिकारी बैठकले प्रमुख प्रतिपक्षको हैसियतले संसद् अवरोध खुलाउन पहल गर्ने निर्णय गरेको हो । 

माओवादीले भिजिट भिसा प्रकरणमा छानबिन भने अनिवार्य हुने जनाएको छ ।  माओवादी प्रवक्ता अग्नि सापकोटाले भने, ‘जिम्मेवार प्रतिपक्षको हिसाबले निकास निकाल्न हाम्रो अधिकतम जोड हुनेछ । भिजिट भिसा प्रकरणमा छानबिन अपरिहार्य छ ।’

उनले छानबिन व्यक्ति विशेषमा नभएको पनि बताए । उनले भने, ‘व्यक्ति विशेषमा हाम्रो ध्यान होइन तर मुख्य कुरा छानबिनकै हो । यसलाई सकारात्मक निष्कर्षमा पुर्‍याउनुपर्छ भनेर हिजोको सदन स्थगित भएको हो । सरकारी पक्षका पार्टी र विपक्षी पार्टीसँग कुराकानी गर्नुपर्ने हुन्छ आज कुराकानी हुन्छ । सदनमा छलफलको वातावरण हुनुपर्छ भन्ने निष्कर्ष निकालेको छ।’