Ad Image

माधव नेपालको सांसद पद निलम्बन

User Image मेयरसाप डेस्क | एक दिन अगाडि
Image of https://mayorsap.com/storage/photos/10/Madav-nepal-mk.jpg

काठमाडौं । पतञ्जलिको जग्गा सट्टापट्टा प्रकरणले लिएको नयाँ मोडसँगै पूर्वप्रधानमन्त्री तथा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालमाथि भ्रष्टाचार मुद्दा दायर भएसँगै उनको सांसद पद स्वतः निलम्बनमा परेको छ ।

नेपालको राजनीतिक इतिहासमा पहिलो पटक कुनै पूर्वप्रधानमन्त्रीविरुद्ध भ्रष्टाचार सम्बन्धी मुद्दा दर्ता भएको हो । यस्तै, मन्त्रिपरिषद्को सामूहिक निर्णयका आधारमा सार्वजनिक पदाधिकारीमाथि पहिलो पटक भ्रष्टाचारको मुद्दा अगाडि सारिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार विशेष अदालतमा मुद्दा दायर गर्दै पतञ्जलिसँग सम्बन्धित सरकारी जग्गाको विनियम प्रक्रिया गैरकानुनी रूपमा अघि बढाइएको भन्दै नेपाललाई मुख्य जिम्मेवार ठहर गरेको छ ।