रवीन्द्र मिश्र र धवल शमशेर सम्पर्कविहीन, जिम्मा लिने वकिललाई लाग्यो जरिवाना

काठमाडौं । गत चैत १५ गतेको तीनकुने घटनामा संलग्न रहेको आरोपमा पक्राउ परी हाजिरी जमानीमा छुटेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उपाध्यक्ष रविन्द्र मिश्र र सांसद धवलशमशेर सम्पर्कविहीन भएका छन् ।
अदालतमा मुद्दा गएपछि सम्पर्क हुने सर्तमा छुटेका उनीहरु अहिलेसम्म जिल्ला अदालतमा बयानका लागि उपस्थित नभएका हुन् ।
बयानका लागि उपस्थित नभएपछि जिम्मा जमानी लिने दुई वकिललाई ५०/५० हजार रुपैयाँ जरिवाना तिराइएको छ। मिश्रका कानुन व्यवसायीहरू वसन्त ब्लोन र श्यामबहादुर शाही तथा शमशेरका स्वकीय सचिव उमेश विष्टलाई जरिवाना तिराउने निर्णय गरेको प्रहरीले जनाएको छ ।