Ad Image

संसदको अवरोध हटाउने विषयमा नेपाली कांग्रेस र रास्वपाबीच छलफल, भएन सहमति

User Image मेयरसाप डेस्क | एक दिन अगाडि
Image of https://mayorsap.com/storage/photos/10/swar.PNG

काठमाडौं । प्रतिनिधिसभा बैठकको अवरोध हटाउने विषयमा सत्तारुढ दल नेपाली कांग्रेस र प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेताहरूबीच भएको छलफल निष्कर्षबिहीन भएको छ । 

बिहीवार संसद् भवन नयाँ बानेश्वरमा भएको छलफलमा संसदको अवरोध हटाउने विषयमा कुराकानी भएको थियो । दुवै पक्षले आफ्नो धारणा राखेपनि सहमतिमा भने आएनन् । सहमति नभएपनि संवादहीनताको अवस्था तोडेर आजबाट छलफल गर्ने वातावरण सिर्जना भएको रास्वपाका उपसभापति डा. स्वणिम वाग्लेले बताए ।

छलफलमा नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का, नेता ज्ञानेन्द्रबहादुर कार्की र प्रमुख सचेतक श्यामकुमार घिमिरे तथा रास्वपाका उपसभापति डा. स्वणिम वाग्ले र प्रमुख सचेतक थिए । 

भिजिट भिसा प्रकरणमा रास्वपा लगायतका विपक्षी दलहरुले गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै संसद अवरोध गर्दै आएका छन् । रास्वपाले गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने, संसदीय छानबिन समिति वा उच्चस्तरीय न्यायिक छानबिन समिति बनाउनुपर्ने माग राख्दै आएको छ । उनीहरुले आफ्नो माग यथावत रहेको बताएका छन् ।