माधव नेपालको भावुक प्रतिक्रिया, भन्छन्– कल्पना नै गरेको थिइनँ


काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल आफूले कुनै पनि अनुचित वा भ्रष्टाचारजन्य काम नगरेको दाबी गरेका छन् ।
बाराको सिमरा विमानस्थलमा सञ्चारकर्मीहरूसँग भावुक भएर प्रतिक्रिया दिंदै नेपालले भने, “म स्तब्ध भएँ, कल्पनासमेत गरेको थिइनँ। मैले कसैबाट पनि एक पैसा लिएको वा भ्रष्टाचार गरेको प्रमाण छैन।”
प्रधानमन्त्री रहेका बेला उनले कुनै मन्त्रीलाई कानुनविपरीत काम गर्न निर्देशन नदिएको जिकिर गर्दै पतञ्जलि जग्गा प्रकरणमा आफूलाई पूर्वाग्रहपूर्वक जोडिएको टिप्पणी गरेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उक्त प्रकरणमा विशेष अदालतमा मुद्दा दायर गरेपछि नेपाल रौतहटबाट सिमरा हुँदै काठमाडौं फर्केका हुन् ।
Facebook Comments