Ad Image

तनहुँको म्याग्दे गाउँपालिकामा एकल महिलालाई अनुदानमा बाख्रा

User Image मेयरसाप डेस्क | ११ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/goat-distribution.jpg

तनहुँ । तनहुँको म्याग्दे गाउँपालिकाले एकल महिलालाई ७५ प्रतिशत अनुदानमा बाख्रा वितरण गरेको छ । गाउँपालिकाभित्रका एकल महिलालाई आयआर्जनमा जोड्ने उद्देश्यसहित गाउँपालिकाले बाख्रा वितरण गरेको हो । 

गाउँपालिकाभित्रका सात वटा वडाका चाररचार एकल महिला छनोट गरी प्रत्येकलाई एकरएक वटाका दरले बाख्रा वितरण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिए । उनका अनुसार पालिकाभित्र एकल महिलाको सङ्ख्या चार सय ५२ जना रहेकामा निम्न आय भएका २८ जना महिला छनोट गरी बाख्रा वितरण गरिएको जानकारी दिए । 

उनले भने, “एकल महिलालाई आयआर्जनमा जोड्ने उद्देश्यसहित बाख्रापालनतर्फ प्रोत्साहन गरेका हौँ । यसले उहाँहरूलाई आत्मनिर्भर बन्न सहयोग पुग्नेछ ।” बाख्रा खरिदका लागि पालिकाले प्रति महिला रू १२ हजार सहयोग गरेको अधिकारीले बताए । 

गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले एकल महिलालाई बाख्रा वितरणका लागि पालिकाले रू तीन लाख बजेट विनियोजन गरेको जानकारी दिए। उनले एकल महिलालाई आर्थिक रूपमा सशक्त बनाउन र जीविकोपार्जनमा सहयोग पुर्‍याउने उद्देश्यसहित बाख्रा वितरण गरिएको बताए । 

एकल महिला सिर्जना विकले पालिकाले अनुदानमा बाख्रा वितरण गरेकाले बाख्रापालनतर्फ आत्मनिर्भर बन्ने प्रयास गर्ने बताए । उनले भने, “यसले बाख्रापालनतर्फ अगाडि बढ्न प्रोत्साहित गरेको छ ।”