तोलामा ३ हजारले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?


काठमाडौं । शुक्रबारको तुलनामा स्थानीय बजारमा आज सुनको मूल्य तोलामा ३ हजारले घटेको छ । चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मोल एक लाख ९० हजार ७०० कायम भएको छ, भने सोही परिमाणको चाँदीको मूल्य २ हजार १४५ निर्धारण भएको छ ।
अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुनको मूल्य तीन हजार ३११ डलर कायम भएको अन्तरराष्ट्रिय सञ्चारमाध्यमरूले जनाएका छन् ।