Ad Image

सप्तकोशीमा बेपत्ता गोताखोर सुरज साउदको श*व फेला

User Image मेयरसाप डेस्क | ३ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/za fela.jpg

काठमाडौं । सप्तकोशीमा चार दिनदेखि बेपत्ता सशस्त्र प्रहरी बलका गोताखोर सुरज साउदको शव आइतबार बिहान कोशी ब्यारेजको ५५ नम्बर ढोका नजिक फेला परेको छ ।

डिएसपी पुरुषोत्तम भण्डारीको नेतृत्वमा कुरिन्टारस्थित विपद् व्यवस्थापन तालिम शिक्षालयबाट खटिएको टोलीले शव फेला पारेको सशस्त्र प्रहरी बलका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

गोताखोर साउद र उनका सहकर्मी हरदेव राजवंशी बिहीबार सप्तरीको हनुमाननगर कंकालिनी–१ स्थित कोशी नदीमा विपद् सेमुलेशन अभ्यासका क्रममा बेपत्ता भएका थिए। राजवंशीको शव शुक्रबार करिब ३ किलोमिटर दक्षिणमा भेटिएको थियो ।

दुवै जनाले हालै गोताखोर तालिम पूरा गरी विभिन्न उद्धारमा खटिँदै आएका थिए । खोजी तथा उद्धारका लागि सशस्त्र प्रहरीले विभिन्न टोली परिचालन गरेको थियो ।