कार्यसूचीमै प्रवेश नगरी आज पनि संसद् बैठक स्थगित


काठमाडौं । प्रतिनिधि सभाको बैठक आज पनि कार्यसूचीमै प्रवेश नगरी स्थगित भएको छ। दिउँसो १ बजेका लागि तय भएको बैठक दुई पटक स्थगित भएर साँझ साढे ६ बजे मात्रै बसेको थियो । बैठक बैठक सुरु भए लगत्तै विपक्षी दलहरूले उठेर बैठक अवरोध गरेका हुन् । त्यसपछि सत्तापक्षका सांसदले समेत उठेर जनताका कुरा राख्न नपाएको गुनासो गरे । सत्तापक्ष र प्रतिपक्षको हो–हल्लाका बीच प्रतिनिधि सभाको बैठक सभामुख देवराज घिमिरेले सोमबार दिउँसो २ बजे बस्ने गरी स्थगित गरेका हुन् ।
विपक्षी दलहरूले गृहमन्त्रीमाथि छानबिन गर्न उच्चस्तरीय समिति गठनको माग गर्दै आएका छन् । नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०, राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०का सांसदहरूले भिजिट भिसा प्रकरणमा जोडिएका गृहमन्त्री रमेश लेखकमाथि छानबिन गर्न समिति गठन हुनुपर्ने भन्दै जेठ १३ गतेदेखि सदनमा अवरोध गरिरहेका हुन्।
वैशाख १५ मा बजेट पेस गर्न दिएका प्रतिपक्षीले त्यसयताका कुनै पनि बैठक सञ्चालन गर्न दिएका छैनन्। सभामुख देवराज घिमिरेले बैठक सञ्चालनको वातावरण बनाउन प्रमुख सचेतकहरूसँग छलफल गरेका थिए।