Ad Image

विश्वमा हरेक दुई मिनेटमा एक गर्भवती महिलाको मृत्यु

User Image मेयरसाप डेस्क | ४ हप्ता अगाडि
Image of https://mayorsap.com/storage/photos/10/pregnant.jpg

काठमाडौं । विश्वमा हरेक दुई मिनेटमा एक गर्भवती महिलाको मृत्यु हुने गरेको छ । यो जानकारी विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले आफ्नो एक रिपोर्टमा दिएको हो, जसअनुसार सन् २०२३ मा हरेक दुई मिनेटमा एक गर्भवती महिलाले आफ्नो ज्यान गुमाएको बताइएको थियो ।

यो तथ्यांक अनुसार २०२३ मा विश्वव्यापी रूपमा लगभग २ं लाख ६० हजार महिलाको गर्भावस्था र सुत्केरीको समयमा वा पछि मृत्यु भएको थियो । यद्यपी सन् २००० देखि २०२३ सम्ममा मातृ मृत्युदर ४० प्रतिशतले घटेको छ ।

डब्लुएचओका अनुसार गर्भावस्थामा, सुत्केरीको समयमा र सुत्केरी भएको ४२ दिनभित्र आफ्नो ज्यान गुमाउने महिलाको मृत्युलाई मातृ मृत्यु मानिँदै आएको छ । यी विषयहरू गर्भावस्था वा यसको व्यवस्थापनसँग सम्बन्धित छन्।

एकै समयमा अमेरिकन कलेज अफ ओब्स्टेट्रिशियन्स एन्ड गायनोकोलोजिस्ट्स (एसीओजी) ले धेरै अवस्थामा मातृ मृत्युलाई गर्भावस्था पछि एक वर्षसम्म हुने मृत्युसँग पनि जोडेको छ। मातृ मृत्यु दरले प्रति १ लाख जीवित जन्महरूमा मातृ मृत्युको संख्या देखाउँछ। 

सन २०२३ मा विश्वव्यापी मातृ मृत्यु दर प्रति १ लाख जीवित जन्महरूमा १९७ प्रतिशत हिस्सा थियो । तर, कम आय भएका देशहरूमा ३४७ को मृत्यु हुदाँ  उच्च आय भएका देशहरूमा १० जनाले ज्यान गुमाएका थिए ।  

विज्ञहरुका अनुसार गर्भावस्थामा नियमित चेकअप गरेर जोखिम पहिचान गरी समाधान गर्न सकिन्छ । साथै, सुत्केरीको समयमा तालिम प्राप्त चिकित्सकको उपस्थितिले मातृ मृत्युदर घटाउन सक्छ । गर्भवती महिला र तिनका परिवारलाई हुने खतराबारे जानकारी दिएर समस्या समाधान गर्न सकिन्छ।