Ad Image

अभ्यासका क्रममा सोमपाल र गुल्सन घाइते, टी–२० आई त्रिकोणीयका खेल खेल्न नपाउने

User Image मेयरसाप डेस्क | ३ हप्ता अगाडि
Image of https://mayorsap.com/storage/photos/10/sompal gulsan.PNG

काठमाडौं । स्कटल्याण्डमा सञ्चालन भइरहेको आइसिसी विश्वकप लिग–२ अन्तर्गत नेदरल्याण्ड्सविरुद्धको आजको खेलमा सोमपाल कामी र गुल्सन झाले नखेल्ने भएका छन् । अभ्यासका क्रममा घाइते भएका कारण दुवै जनाले आजको खेल गुमाउने भएका हुन् । 

“सोमपाल र गुल्सन अभ्यासका क्रममा घाइते भएकाले उनीहरुले आजको खेल तथा टी–ट्वान्टी आई त्रिकोणीय सिरिजका सम्पूर्ण खेल गुमाउने छन्”, नेपाल क्रिकेट सङ्घ (क्यान) का प्रवक्ता छुम्बी लामाद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।  

सोमपालको दायाँ हात तथा गुल्सनको घुँडामा चोट लागेका कारण चिकित्सकको परामर्श पश्चात् नेदरल्यान्ड्सविरुद्धको खेल र टी–२० आई त्रिकोणीय श्रृङ्खलाका सम्पूर्ण खेलमासमेत सहभागी हुन नसक्ने विज्ञप्तीमा जनाइएको छ ।