संघीय संसद भवनमा प्रतिपक्षी दलहरूको छलफल
मेयरसाप डेस्क
|
२०८२ जेठ २८ गते ०२:५४
काठमाडौं । संघीय संसद भवन नयाँ बानेश्वरमा प्रतिपक्षी दलहरुबीच छलफल भइरहेको छ । संसदको अवरोध खुलाउनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीले तयार गरेको पाँच बुँदासहितको प्रस्तावमा धारणा बनाउन प्रतिपक्षी दलहरुबीच छलफल भइरहेको हो ।
छलफलमा नेकपा (माओवादी केन्द्र), राप्ट्रिय स्वतन्त्र पार्टी र नेकपा (एकीकृत समाजवादी)का नेताहरू सहभागी छन्।
बैठकमा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन, प्रमुख सचेतक हितराज पाण्डे,रास्वपाका प्रमुख सचेतक सन्तोष परियार, एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे, आम जनता पार्टीका अध्यक्ष प्रभु साहलगायत सहभागी छन्।
भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा, छानबिन समिति गठनको माग गर्दै विपक्षी दलहरुले लामो समयदेखि संसद बैठक अवरुद्ध गर्दै आएका छन् । संसद अवरोध खुलाउन सत्तापक्ष र विपक्षीबीचमा छलफल भइरहेको छ भने विपक्षीहरुको पनि आफ्नो छुट्टै छलफल भइरहेको छ ।
विपक्षी दलहरूले आजै सत्तापक्षसँग पनि छलफल गर्दै छन्।
Facebook Comments