सभामुखसहित बसेको सत्तापक्ष र प्रतिपक्षी दलहरूको बैठकमा भएन सहमति
मेयरसाप डेस्क
|
२०८२ जेठ २८ गते ०३:१४
काठमाडौं । प्रतिनिधिसभाको अवरोध खुलाउन सभामुख देवराज घिमिरेको पहलमा बसेको सत्तापक्ष र प्रतिपक्षी दलहरूको बैठकमा सहमति हुन सकेन् । छलफलमा सत्ता पक्ष र विपक्षी दुवैले आफ्नो आफ्नो अडान नछोड्दा आज पनि सहमति हुन नसकेको हो ।
छलफलमा सभामुख घिमिरेसहित उपसभामुख इन्दिरा रानामगर, कानुन न्याय तथा संसदीय मामिला मन्त्री अजय चौरासिया, नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरे, एमालेका प्रमुख सचेतक महेश बर्तौला, प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डे र प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियार सहभागी थिए । सहमति नभएपछि आज एक बजेका लागि बोलाइएको बैठक अहिलेसम्म सुरु हुन सकेको छैन ।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा, संसदीय समिति वा न्यायिक आयोग बनाउनु पर्ने माग राख्दै प्रतिपक्षी दलहरुले प्रतिनिधिसभा बैठक अवरुद्ध गर्दै आएका छन् । सत्ता पक्ष भने गृहमन्त्रीले राजीनामा पनि दिनु नपर्ने र छानबिन पनि नहुने अडान राख्दै आएको छ । बैठकको अवरोध हटाउन पटक पटक वार्ता तथा छलफल भएपनि सहमति हुन सकेको छैन ।
Facebook Comments