Ad Image

सञ्चारकर्मीमाथि राज्यको प्रहार सह्य छैनः शेखर कोइराला

User Image मेयरसाप डेस्क | ३ हप्ता अगाडि
Image of https://mayorsap.com/storage/photos/10/shekhar-koirala_misPSKV9M2.jpg

काठमाडौं । नेपाली कांग्रेसका नेता डा। शेखर कोइरालाले सञ्चारकर्मी र वाक स्वतन्त्रतामाथि राज्यको प्रहार सैह्य नभएको बताएका छन् ।  सरकार कुशासनको दुश्चक्रमा फसेको आरोप लागिरहँदा सञ्चारमाध्यम र सञ्चारकर्मीप्रति अनुदार हुनु निरंकुशता बाहेक अरु केही हुनै नसक्ने बताएका छन् ।  

कोइरालाले सामाजिक सञ्जालमा भनेका छन्, ‘सञ्चारकर्मी र वाक स्वतन्त्रतामाथी राज्यको प्रहार सैह्य छैन । अझ सरकार कुशासनको दुश्चक्रमा फसेको आरोप लागिरहँदा सञ्चारमाध्यम र सञ्चारकर्मीप्रति अनुदार हुनु निरंकुशता बाहेक अरु केही हुनै सक्दैन ।’ पत्रकार दिलभूषण पाठकविरुद्ध प्रक्राउ पुर्जी जारी भएको र प्रकाशित समाचार ‘डिलिट’ गर्न अदालतबाट आदेश दिइएको सन्दर्भमा कांग्रेस नेता कोइरालाको यस्तो टिप्पणी आएको हो।