Ad Image

इजरायलले इरानमाथि गर्‍यो हवाई आक्रमण

User Image मेयरसाप डेस्क | ३ हप्ता अगाडि
Image of https://mayorsap.com/storage/photos/10/iran-israel-attack.JPG

तेहरान । इजरायलले इरानमाथि हवाई आक्रमण गरेको छ । इजरायली वायुसेनाले इरानमा हमला गरेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।  इजरायलले आक्रमणको पुष्टि गरेको छ । इरानको राजधानी तेहरानमा विस्फोटको आवाज सुनिएका छन्। इजरायलका रक्षा मन्त्री एरिक काजले आफ्नै देशमा पनिआपत्कालको घोषणा गरेका छन्। यो आक्रमणको लक्ष्य इरानको आणविक केन्द्र भएको जनाइएको छ।

इजरायली एयर फोर्सको जेटले पहिलो चरणको काम सकेको जनाएको छ। यसमा धेरै सैन्य केन्द्र तथा इरानको धेरै क्षेत्रमा रहेका आणविक लक्ष्य केन्द्रित स्थान रहेको जनाइएको छ। अमेरिकी विदेश मन्त्री मार्क रुबियोले यस आक्रमणमा अमेरिकी संलग्नता नरहेको जानकारी दिएका छन्।

अमेरिकी विदेशमन्त्री मार्को रुबियोले जारी वक्तव्यमा उक्त कारबाही एकपक्षीय रूपमा इजरायलले गरेको बताएका छन् । “इजरायलले इरानमाथि आत्मरक्षाको आधारमा कारबाही गरेको हो। अमेरिका यस हमलामा संलग्न छैन,” मन्त्री रुबियोले भने, “हाम्रो प्रमुख प्राथमिकता भनेको क्षेत्रका अमेरिकी फौजहरूको सुरक्षा गर्नु हो।” उनले राष्ट्रपति ट्रम्पको प्रशासनले फौजको सुरक्षा सुनिश्चित गर्न आवश्यक सबै कदम चालेको र इरानलाई कुनै पनि अमेरिकी स्वार्थ वा जनशक्तिमाथि आक्रमण नगर्न चेतावनी पनि दिएका छन्।