Ad Image

इजरायली आक्रमणमा इरानका रिभोलुसनरी गार्ड प्रमुखसहित २ वैज्ञानिकको मृत्यु

User Image मेयरसाप डेस्क | ३ हप्ता अगाडि
Image of https://mayorsap.com/storage/photos/10/Hossein-Salami.jpg

तेहरान ।  इजरायली आक्रमणमा परेर इरानको रिभोलुसनरी गार्डका प्रमुख हुसेन सलामीको मृत्यु भएको छ । इरानको सरकारी सञ्चारमाध्यमले सलामीको मृत्युको पुष्टि गरेको छ । साथै दुई आणविक वैज्ञानिकको पनि मृत्यु भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । अलजजीराका अनुसार इजरायली आक्रमणमा दुई प्रमुख इरानी आणविक वैज्ञानिक मोहम्मद मेहदी तेहरानची र फेरेदुन अब्बासी मारिएका छन्।

यसैगरी अन्य धेरै सर्वसाधारणहरूको पनि मृत्यु भएको इरानको सरकारी सञ्चारमाध्यमले जनाएका छन् । गएराति इजरायलले इरानको आणविक संवर्द्धन कार्यक्रमको मुख्य केन्द्रमा आक्रमण गरेको हो ।  तेहरानबाट लगभग २२५ किलोमिटर दक्षिणमा रहेको इरानी सहर नातान्जमा अवस्थित इरानको मुख्य संवर्द्धन केन्द्रमा आक्रमण गरिएको हो ।