Ad Image

साढे ५ बजेसम्मका लागि सर्यो प्रतिनिधि सभा बैठक

User Image मेयरसाप डेस्क | ३ हप्ता अगाडि
Image of https://mayorsap.com/storage/photos/10/pratinidhi.jpg

काठमाडौं । प्रतिनिधिसभा बैठक साढे ५ बजेसम्मका लागि सरेको छ । आज दिउँसो ३ बजेका लागि बोलाइएको बैठक साढे ५ बजेसम्मका लागि सरेको हो ।

प्रतिनिधि सभाको अवरोध खुलाउन नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच दुई बुँदे सहमति भएको छ । सरकारले ३० दिनभित्र छानबिन समिति बनाउने र माओवादीले संसदको अवरोध खुलाउने गरी सहमति भएको हो । 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भने भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउने अडान कायम राखेको छ । भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाएर मात्रै अघि बढ्ने रास्वपाको अडान छ ।