Ad Image

राजस्व र व्ययको अनुमानमाथिको प्रस्ताव प्रतिनिधिसभामा प्रस्तुत

User Image मेयरसाप डेस्क | ३ हप्ता अगाडि
Image of https://mayorsap.com/storage/photos/10/za aartha.jpg

काठमाडौ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘आगामी आर्थिक वर्ष २०८२\८३ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस्’ भन्ने प्रस्ताव प्रतिनिधि सभामा प्रस्तुत गरेका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा प्रस्ताव प्रस्तुत गर्दै उनले प्राङ्गारिक र प्राकृतिक मल उत्पादनलाई प्रवद्र्धन, डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्न यसमा लागेको कर हटाइएको तथा बजेटको कार्यान्वयनबाट आर्थिक गतिविधि वृद्धि हुने बताएका थिए ।

अर्थमन्त्री पौडेलले प्रस्ताव प्रस्तुत गरिरहेका बेला सांसद राजेन्द्र पाण्डेले सांसदको नाराबाजीका कारण मन्त्रीले भनेको कुरा नसुनिएकाले यसलाई एउटा निष्कर्षमा लगेरमात्र सभा सञ्चालन गर्न माग गरेका थिए । 

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सांसदहरूको नाराबाजीबीच प्रतिनिधिसभाको बैठक सञ्चालन भइरहेको छ । बैठकमा राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल भइरहेको छ ।