बहिस्कार गरिएका बैठकको भत्ता नलिने राप्रपाको घोषणा

User Image मेयरसाप डेस्क | २०८२ असार २ गते १०:३७
Image of https://mayorsap.com/storage/photos/10/pratinidhi.jpg

काठमाडौं। राप्रपाले बैठक भत्ता नलिने भएको छ । भिजिट भिसा प्रकरणमा हिजो देखि निरन्तर बैठक बहिस्कार गरेको राप्रपाले बैठक भत्ता भने नलिने भएको हो ।

भत्ता नलिने बारेमा राप्रपाले संघीय संसद सचिवालयका महासचिवलाई जानकारी गराएको छ ।

 ‘प्रतिनिधि सभाको बैठक २०८२ साल असार १ गते भिजिट भिसा प्रकरणमा संसद अवरुद्ध हुँदै गर्दा जबरजस्ती संसद सञ्चालन गरेकाले राप्रपाले बैठक बहिष्कार गरेको थियो,’ राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाहीले भने, ‘उक्त बैठकबाट प्राप्त हुने बैठक भत्ता नलिने निर्णय राप्रपाको संसदीय दलले गरेको छ। उक्त भत्ता राजस्वमा फिर्ता पठाइदिन संघीय संसदका महासचिवलाई अनुरोध गर्दछौं।’
 


Facebook Comments