त्रिदेशीय टी–२०आई सिरिजः नेदरल्याण्ड्सविरुद्ध पहिले बलिङ गर्दै नेपाल

User Image मेयरसाप डेस्क | २०८२ असार २ गते २२:४३
Image of https://mayorsap.com/storage/photos/10/nepal-vs-netherland.png

काठमाडौं । त्रिदेशीय टी–२०आई सिरिजको आफ्नो पहिलो खेलमा नेपालले नेदरल्याण्ड्सविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ । स्कटल्यान्डको ग्लासगोमा जारी प्रतियोगितामा नेपाली राष्ट्रिय क्रिकेट टोलीले टस जितेर फिल्डिङ रोजेको हो ।  

आइसीसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिजपछि नेपाली टोलीले तीन टोलीसँग टी–२० आई सिरिज खेल्न लागेको हो । यसअघि एकदिवसीय सिरिजमा उत्कृष्ट प्रदर्शन गरेको नेपाली टोली उच्च मनोबलमा छ।  

नेपालको सुरुवाती ११
रोहित पौडेल (कप्तान), अनिल शाह (विकेट किपर), कुशल भुर्तेल, दिपेन्द्र सिंह ऐरी, सन्दीप लामिछाने, करण केसी, ललित नारायण राजवंशी, नन्दन यादव, किरण ठगुन्ना, लोकेश बम र रुपेश सिंह


Facebook Comments