आजको प्रतिनिधिसभा बैठकमा निजामती विधेयक पारित गर्ने कार्यसूची

User Image मेयरसाप डेस्क | २०८२ असार ३ गते २२:३६
Image of https://mayorsap.com/storage/photos/10/parliament.jpg

काठमाडौं । प्रतिनिधिसभा बैठक आज पनि बस्दैछ । संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बस्ने बैठकमा संघीय निजामती सेवा विधेयक पारित गर्ने कार्यसूची छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले ‘राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहित संघीय निजामती सेवा विधेयक, २०८२ माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गर्ने कार्यसूची तय भएको छ।

सो प्रस्तावमाथि आज छलफल गरी पारित गर्ने कार्यसूची तय गरिएको छ । लामो समयपछि संघीय निजामती विधेयक पारित हुन लागेको हो । यस्तै, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८२’ पेस गर्ने कार्यसूची निर्धारण गरिएको छ । 


Facebook Comments