त्रिभुवन विमानस्थलबाट १ किलो सुनसहित भारतीय नागरिक पक्राउ
मेयरसाप डेस्क
|
२०८२ असार ४ गते ००:४८
काठमाडौं । प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक किलोभन्दा बढी सुनसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । मंगलवार राति प्रहरीले भारतीय नागरिक ५३ वर्षीया मीना सुर्जित सिंह खेमानीलाई १ किलो १५९ ग्राम सुनसहित पक्राउ गरेको हो ।
एयर अरेबियाको उडानमार्फत शारजाहबाट काठमाडौं आएकी उनलाई शंका लागेर जाँच गर्दा सुन फेला परेको प्रहरीले जनाएको छ ।
विमानस्थलको आगमन भन्सार एरियाको टनेलबाट १ किलो १५९ ग्राम अर्धठोसको स्वरुपमा रहेको सुनसहित प्रहरीले उनलाई पक्राउ गरेको हो ।
Facebook Comments