तारकेश्वर नगरपालिकाद्वारा सल्यानको शारदा नगरपालिकालाई एम्बुलेन्स सहयोग


काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिकाले सल्यान जिल्लाको शारदा नगरपालिकालाई सहयोग स्वरुप एक थान एम्बुलेन्स प्रदान गरेको छ । मंगलवार एक औपचारिक कार्यक्रमकाबीच तारकेश्वर नगरपालिकाका मेयर कृष्ण हरि महर्जनले शारदा नगरपालिकाका प्रतिनिधिलाई एम्बुलेन्स हस्तान्तरण गरेका हुन् ।
एम्बुलेन्स हस्तान्तरण कार्यक्रममा नगरप्रमुख महर्जनले दुर्गम क्षेत्रका नगरपालिकासँग सहकार्य गर्न पाउनु गौरवको विषय भएको बताए । उनले आगामी दिनमा शिक्षा, स्वास्थ्य र पूर्वाधार क्षेत्रमा समेत साथ र सहकार्य जारी रहने प्रतिबद्धता व्यक्त गरेका छन् ।
तारकेश्वर र शारदा नगरपालिकाबीच २०८० सालमा भगिनी सम्बन्ध स्थापना भएको थियो। सोही सम्बन्धका आधारमा दुई नगरपालिकाबीच सहकार्य र समन्वयमा आधारित कार्यक्रमहरू सञ्चालन हुँदै आएका छन्। यसै सन्दर्भमा स्वास्थ्य सेवाको पहुँच अभिवृद्धि गर्ने उद्देश्यले एम्बुलेन्स हस्तान्तरण गरेको तारेकेश्वर नगरपालिकाले जनाएको छ ।