Ad Image

आज सुन र चाँदी दुवैको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार

User Image मेयरसाप डेस्क | २ हप्ता अगाडि
Image of https://mayorsap.com/storage/photos/10/gold.jpg1600838423.jpg

काठमाडौं । विगत केही दिनदेखि उच्च वृद्धि भएको सुनचाँदीको मूल्यमा बिहीवारदेखि सामान्य गिरावट आएको छ । बुधवारको तुलनामा बिहीवार सुन तोलामा रु ४०० र चाँदीमा रु २५ ले घटेकामा त्यति नै परिमाणको सुन र चाँदी आज क्रमशः रु ८०० र रु ५० ले घटेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मोल रु एक लाख ९४ हाजर ७०० सोही परिमाणको चाँदीको मोल रु दुई हजार १५० निर्धारण भएको छ । बिहीवार प्रतितोला सुन रु एक लाख ९५ हजार ५०० र चाँदी रु दुई हजार २०० मा कारोबार भएको थियो । 

अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन तीन हजार ३०० अमेरिकी डलरमा खरिदबिक्री भइरहेको अन्तरराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।