Ad Image

सरकारले संसदलाई निकै हेप्योः हितराज पाण्डे

User Image मेयरसाप डेस्क | २ हप्ता अगाडि
Image of https://mayorsap.com/storage/photos/10/newskarkahna-news865530..jpg

काठमाडौं । नेकपा माओवादी केन्द्रले सरकारले संसदलाई हेपेको आरोप लगाएका छन् । माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले संसदमा प्रतिपक्षी दलले अवरोध गर्दागर्दै संसद चलाइएको प्रसङ्ग उल्लेख गर्दै यस्तो आरोप लगाएका हुन् ।

उनले सरकारका मन्त्रिको उपस्थिति बिना नै संसद चलाएको भन्दै आपत्ति समेत जनाए । ‘मन्त्री बिना नै बिनियोजन बिधेयक माथी छलफल सुरू गरिएको छ, सरकारले संसदको नियम पालाना गर्नु पर्दैन, संबन्धित मन्त्रीले संसदको नियमावलीमा पालाना गर्न पाउँदैन्, बजेट किताब पनि समयमा दिइएको छैन, यस्तो अवस्थामा हामी छलफलमा छौं,’ उनले भने, ‘नियमावली हामीले मात्रै मान्नु पर्ने, सरकारले नियमावली मान्नु पर्दैन, त्यसैले सरकारको उपस्थिति बेगर यो संसद चल्दैन सक्दैन् ।’ उनका अनुसार मन्त्री उपस्थित नभएकाले सबन्धित मन्त्रालयमा बहस हुन सक्दैन् ।

 यस अघि नेपाली कांग्रेसका सांसद रामहरी खतिवडाले पनि सोही विषय उठाएका थिए । मन्त्री नभएकाले सो मन्त्रालयका बारेमा छलफल हुन नसक्ने भन्दै सभामुखको ध्यानाकर्षण गराएका थिए । 

 त्यसपछि सरकारले युवा तथा खेलकुद मन्त्रालय र महिला, बालबालिका जेष्ठ नागरिक मन्त्रालयका मन्त्री उपस्थित नभएको जनाउँदै दुइ मन्त्रालयको बजेटमा छलफल नहुने जानकारी गराएका छन् ।