भारतले इरानमा फसेका नेपाली नागरिकलाई उद्धार गर्न मद्दत गर्ने

User Image मेयरसाप डेस्क | २०८२ असार ७ गते ०६:०४
Image of https://mayorsap.com/storage/photos/10/iran.PNG

काठमाडौं। इरानमा फसेका नेपाली नागरिकलाई उद्धार गर्न भारतले सहयोग गर्ने भएको छ । इरानस्थित भारतीय दूतावासले आफ्नो सामाजिक सञ्जाल एक्समार्फत इरानमा फसेका नेपालीलाई उद्धार गर्न सहयोग गर्ने जानकारी दिएको हो ।

भारतले नेपालसँगै श्रीलङ्काका नागरिकहरूलाई पनि उद्धार गर्ने जानकारी दिइएको छ । दूतावासले एक्समा लेखेको छ, ‘नेपाल र श्रीलङ्काको सरकारको अनुरोधमा इरानस्थित भारतीय दूतावासद्वारा सञ्चालन गरिएको उद्धार प्रयासमा अब नेपाली तथा श्रीलङ्काली नागरिकहरूलाई पनि समेटिने भएको छ।’

इरानमा रहेका नेपाली तथा श्रीलङ्काली नागरिकहरूलाई यथाशक्य चाँडो भारतीय दूतावाससँग सम्पर्क गर्न समेत आग्रह गरिएको छ । 

 


Facebook Comments