आकर्षक जागिरको लोभ देखाएर भारतमा बन्धक बनाइएका ३५ नेपालीको उद्धार
मेयरसाप डेस्क
|
२०८२ असार ७ गते ०५:५०
काठमाडौं । आकर्षक जागिरको प्रलोभनमा भारतको उत्तराखण्डस्थित काशिपुरमा बन्धक बनाइएका ३५ जना नेपाली युवकको उद्धार गरिएको छ। उत्तराखण्ड प्रहरी र सामाजिक संस्था केआइन इन्डियाको सहयोगमा ती नेपालीहरुको उद्धार गरिएको नयाँ दिल्लीस्थित नेपाली राजदूतावासले जनाएको छ । उनीहरूलाई शारीरिक र मानसिक यातना दिँदै विभिन्न बहानामा रकम असुल गरिएको पाइएको छ।
दूतावासका अनुसार, नेपाली युवाहरूलाई भारतको सीमावर्ती क्षेत्र हुँदै उत्तराखण्ड पुर्याएर बन्धक बनाइएको थियो। घटनामा संलग्न केही व्यक्तिहरुलाई स्थानीय प्रहरीले पक्राउ गरिसकेको र थप अनुसन्धान भइरहेको बताइएको छ।

Facebook Comments