घुसकाण्डमा मुछिएका सप्तरीका एसपी खतिवडाको सरुवा, नयाँ प्रमुखमा गौतम केसी

User Image मेयरसाप डेस्क | २०८२ असार ९ गते २१:५४
Image of https://mayorsap.com/storage/photos/10/dhakendra_J5BrNEcXef.jpg

काठमाडौं । आचरण विपरित कार्य गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक (एसपी) ढकेन्द्र खतिवडालाई सरुवा गरिएको छ। उनलाई बागमती प्रदेश प्रहरी कार्यालयमा सरुवा गरिएको हो।  सप्तरी प्रहरी प्रमुखमा एसपी गौतम केसी आएका छन् । 

सप्तरीको प्रहरी प्रमुख हुँदा एसपी खतिवडाले लागूऔषध अभियोगका फरार अभियुक्तसँग १० लाख घुस मागेर ४ लाख असुलेको भिडियो सार्वजनिक भएपछि कारवाही स्वरुप सरुवा भएका हुन् ।  

उनीमाथि थप छानबिनका लागि नेपाल प्रहरी प्रदेश कार्यालय वीरगञ्जका प्रमुख एसएसपी शान्तिराज कोइरालाको नेतृत्वमा तीन सदस्यीय समिति गठन भएको छ। 

आचरणविपरित गतिविधिमा संलग्न रहेको गुनासो आएपछि जिम्मेवारीबाट अलग गरेर छानबिन अगाडि बढाइएको प्रहरी प्रधान कार्यालय स्रोतले जनाएको छ ।  एसपी खतिवडाले प्रहरी चौकी भारदहका इन्चार्ज वरिष्ठ सई विश्वनाथ त्रिपाठीमार्फत कोशी ब्यारेजमा सामान्य होटल व्यवसाय गरेर बस्ने बुधन मण्डलसँग १० लाख रुपैयाँ घुस मागेका थिए। जसमध्ये चार लाख रुपैयाँ घुस दिएको भिडियो नै पीडितले सार्वजनिक गरिदिए पछि घटनाले चर्चा पाएको हो । 
 


Facebook Comments